धादिंग समाज जापान

धादिंग जिल्ला बाट विभिन्न काम ब्यवसाय तथा अध्ययन को सिलसिलामा जापानको बिभिन्न स्थानमा छरिएर रहेका धादिंगबासिहरुलाई संगठित र एकजुट बनाउदै आफ्नो जन्मस्थान को लागि आफ्नो हैसियत अनुसार योगदान पुर्याउदै आफ्नो जन्मस्थान धादिंग ,जापानमा बसोबास गरिरहेका धादिंगबासी तथा अन्य नेपालीहरुमा परेको समस्याहरुलाई थोरै भएपनि सहयोग गरौ भन्ने उद्धेश्य तथा भावनासहित बिशुद्ध गैरराजनीतिक सामाजिक गैरसरकारी संस्थाको रुपमा यो धादिंग समाज जापानको मिती २०१३ मा श्री डीपी अर्यालको प्रमुख अतिथ्यतामा जापानको राजधानी टोक्यो स्थित ताखादनोबाबा मा गठन गरिएको छ / टोकियो,जापान । धादिङ समाज जापानको दोश्रो अधिवेशन सम्पन्न भएको छ । कृष्ण प्रसाद खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गर्दै आईतबार टोकियोको सिनओकोबु स्थित नेपाली मुरा हलमा, सो अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले समाजका विगतका गतिविधिहरु माथी छलफल गर्दै, समाजलाई अझ प्रभावकारी रुपमा अगाडी बढाउने प्रतिवद्धताका साथ, अध्यक्ष कृष्ण प्रसाद खनालको नेतृत्वमा १५ सदस्यीय कार्य समिति चयन गरेको छ । जसमा,उपाध्यक्षहरु, श्यामहरि तिमिल्सिना,लक्ष्मी पाण्डे र बिनोद खतिवडा रहेका छन् । त्यस्तै महासचिवमा दिनेश लोहनी,सचिबमा बिमल श्रेष्ठ र कोषाध्यक्षमा राम सिंखडा चयन भएका छन् । सदस्यहरुमा, बिष्णु कुमार श्रेष्ठ,सुमन थापा,साजन बस्ताकोटी,अनिता तिमिल्सिना,शंकर रिमाल,सन्तोष तिवारी, पार्वती ढकाल‘न्यौपाने’ र फणिकान्त आचार्य रहेका छन् । अधिवेशनको खुल्लासत्रमा, प्रमखु अतिथि डा होमबहादुर रिजालले आफ्ना अनुभवहरु राख्दै,संस्थालाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै संस्थापक तथा निवर्तमान अध्यक्ष तेजप्रसाद अर्यालले पनि हालसम्म आफुले पदमा रहेर सकेको काम गरेको र अव पद बाहिर रहेर पनि सक्दो सहयोग गरिरहने बताए । अधिवेशनको संयोजन निवर्तमान महासचिव राजेन्द्र श्रेष्ठले गरेका थिए भने निवर्तमान उपाध्यक्ष अनुज थापाले निर्वाचन समितिको संयोजन गरेका थिए ।